• Charity Registered No.1178435
  • Email: info@pokharelimanchuk.com
  • Phone: 0044 7515 959 126

पाँचौ संस्करणको पीपल नेपाल कप टी-२० क्रिकेट प्रतियोगिताको प्रेषमीट सम्पन्न


शीतलपाटीन्युज डटकम।

फान्बोरो, लण्डन। बेलायतमा आइतबारदेखि पाँचौ पीपल नेपाल कप टी ट्वान्टी क्रिकेट प्रतियोगिता हुने भएको छ। पीपल मोर्गेजको मुख्य प्रायोजनमा पोखरेली मञ्च यूकेले पिपल नेपाल टी-२० क्रिकेट प्रतियोगता गर्न लागेको हो। फान्बोरोस्थित गोर्खा प्यालेसमा बिहीबार आयोजित “प्रेषमीट” पत्रकार सम्मेलनमा सो क्रिकेट प्रतियोगिताबारे जानकारी गराईयको थियो।

(फोटो-गोर्खा मिडीया)

प्रेषमीटमा उपस्थित सम्पुर्ण अतिथीहरुको परिचय कार्यक्रम पश्चात शुरु गरिएको सो प्रेषमीटमा पोखरेली मंच युकेका अध्यक्ष करम गुरुड्गले क्रिकेट खेल बारे चर्चा गर्नु भयको थियो। खेलका माध्यमबाट युवाहरुमा शारिरीक बिकास हुने र अन्तराष्ट्रिय लेवलमा चर्चा पाएको क्रिकेट खेलमा नेपालीले पनि सहभागी भयरनाम कमाउन सक्ने हुदा खेल पर्यटनमा टेवा दिन यो आयोजना गरीएको बताउनु भयको थियो। अध्यक्ष गुरुड्गले कार्यक्रम संचालन गर्न सहयोग गर्ने मुख्य प्रायोजक पिपल मोर्गेजका डाइरेक्टर सुर्य गुरुड्गलाई धन्यबाद दिदै खेल सम्पन्न गर्न सहयोग गर्ने सम्पुर्ण सहयोगी स्पोन्सरहरुको नाम पढेर सुनाउनु भयको थियो।

 

संस्थाका अध्यक्ष करम गुरुङका अनुसार गैर आवासीय नेपाली संघ यूकेका अध्यक्ष प्रेम गाहामगरको उपस्थितिमा आइतबार जुलाई १० तारिखमा रिडिङ क्रिकेट क्लब सनिड्गलेनमा प्रतियोगितको उद्घाटन खेल हुने र १७ जुलाईमा नेपाली दूतावास लन्डनका प्रतिनिधिको उपस्थितमा फाइनल खेल हुने उनले बताउनु भयको छ। प्रतियोगितामा हिमालयन क्लव,नयाँ युवा क्लव,रमाइलो क्लव, क्वीन्स सिंगनल गोर्खा क्लव, खुकुरी क्लव,नेप्लिस वारियर्स क्लव समेत ६ वटा टिमको प्रतिष्पर्दा रहने भयको छ। कोरोना भाइरस महामारीका कारण दुई वर्ष २०२० र २०२१ मा यो खेल रोकिएको थियो।

 

टुर्नामेन्टबारे पत्रकारहरुले सोधेको प्रश्नको जवाफ पनि अध्यक्ष गुरुङ र पिपल मोर्गेजका डाइरेक्टर सुर्य गुरुड्गले जवाफ दिनु भयको थियो। प्रतियोगिताका प्रायोजक संस्था पीपल मोर्गेजका प्रबन्ध निर्देशक कुनै पनि खेलको दिगोपना हुनुपर्ने भन्दै त्यसकै निरन्तरताका लागि स्पोन्सर गरेको र समाजमा केही सहयोग गरेर खेलको उत्थान गरौ भनेर सहयोग गरेको बताउनु भयको थियो।

 

पत्रकार सम्मेलनमा पोखरेली मञ्चका संस्थापक अध्यक्ष एवम संरक्षक क्या सी बी पुन,संस्थापक उपाध्यक्ष नन्दकुमारी गुरुङ,सल्लाहकार महेश गुरुङ,सोपाल समाजका संस्थापक अध्यक्ष विजय गुरुङ,संस्थाका उपाध्यक्ष पवित्र गुरुड्ग, महासचिव जसु गुरुड्ग,कवयित्री माया गुरुङ,पीपल मोर्गेजका डाईरेक्टर सूर्य गुरुङ,मिलन गुरुङ, गोर्खा मिडिया सम्पादक एवम बरिष्ठ फोटो ग्राफर मीलन तमु, शीतलपाटीन्युजका सम्पादक बाचस्पति रेग्मी,लण्डन नेपालका संबाददाता मणी सुबेदी लगायतका विभिन्न सञ्चारमाध्यमका पत्रकारहरुको सहभागीता थियो।

 

सन् २००८ मा स्थापना भएको पोखरेली मञ्च यूकेले यो नेपाल कप टी -२० क्रिकेट प्रतियोगिता २०१६ देखि सुरु गरेको हो।प्रेषमीटमा संबोधन गर्दै अध्यक्ष गुरुड्गले क्रिकेट खेलको तयारी पुरा भयको बताउनु भयको छ। प्रबेस फ्रि रहेको सो कार्यक्रममा किनेर खानका लागि नेपाली खानाको स्टल र बिबिक्युको स्टल रहने बताउनु भयको छ। संम्पुर्ण बेलायतबासी खेलप्रेमी नेपालीलाई आयर मनोरन्जन लिन र पोखरेली मंच युकेको यो क्रिकेट खेल कार्यक्रम सफल बनाईदिन अनुरोध पनि गर्नु भयको छ।

News Source from: Sitalpatines