नेपाल भ्रमण वर्ष २०२० प्रवद्र्धन गर्ने उद्धेश्यले बेलायतको वेल्समा हाइकिङ
नेपाल भ्रमण वर्ष २०२० प्रवद्र्धन गर्ने उद्धेश्यले बेलायतको वेल्समा हाइकिङ (लामो दूरीको पैदलयात्रा) आयोजना गरियो ।
हाइक फर नेपालको यो कार्यक्रमले संयुक्त अधिराज्यको उक्त स्थानलाई करिव चारघण्टा नेपालमय बनायो । वी विल राइज फाउन्डेसन र पोखरेली मञ्च युकेको संयुक्त आयोजनामा आयोजित ९ किलोमिटर पैदलयात्रामा करिब तीन सय जनाको सहभागिता रहेको थियो ।
नेपाल सरकारले घोषणा गरेको पर्यटन प्रर्वद्धन अभियानलाई सक्दो सहयोग गर्ने दायित्व संसारभर रहेका प्रवासी नेपालीहरुको पनि रहेको उल्लेख गर्दै हाइकिङ कार्यक्रमका प्रमुख संयोजक खुशीमान गुरुङले आगामी वर्षहरुमा पनि यसलाई निरन्तरता दिइने बताएका छन् ।
आयोजना स्थलमा भूकम्पले ढलेको आकर्षक धरहराको निर्माण गरी दीप प्रज्जवलन समेत गरिएको थियो । भूकम्पमा ज्यान गुमाउनेहरुको स्मृति सँगै नेपालकै पहिचान बनेको उक्त धरहरा यथासक्य छिटो निर्माण सम्पन्न गरियोस भन्ने सन्देश स्वरुप त्यसको प्रतिमूर्ति बनाइएको हो ।
बेलायतका लागि नेपाली राजदूत दुर्गाबहादुर सुबेदीले यस्ता कार्यक्रमले निरन्तरता पाइरहनु पर्ने उल्लेख गर्दै माउन्ट एभरेष्ट नामाकरण गर्ने सर जर्ज एभरेष्ट बेलायतकै भएकाले पनि दुई देशको सम्बन्ध थप गहिरो बनेको बताए ।
आयोजक पोखरेली मञ्चका अध्यक्ष मनप्रसाद गुरुङले यस्ता कार्यक्रमले नेपालीहरु बीच सद्भाव, भातृत्व र सौर्हदता बढाउने मात्र नभएर नेपालप्रति चासो र चिन्तन जगाउने एवं पर्यटनको विकासमा पनि महत्वपूर्ण भूमिका खेल्ने जनाए । कार्यक्रममा त्यहाँस्थित स्थानीय नेताहरुको समेत बाक्लो सहभागिता थियो । आयोजनास्थल सुन्दर सहर ब्रेकन र धम्पुस बीच हालै मात्र मितेरी साईनो गाँसिएको छ ।
Source: saptahik.ekantipur.com
Notice Board
Our upcoming events
९ औ पिपल नेपाल कप टि-२० क्रिकेट प्रतियोगीता यहि २०२६ जुलाई ५,८ र १२ मा हुने भएको छ।
प्रतियोगीता स्थान: Reading Cricket and Hockeyclub Sonning Lane, RG4 6ST
आयोजक: Pokhareli Man...