पीपल:: नेपालकप टी२० उपाधिको “भद्रशीला रनिङ्गकप ” क्युजी सिग्नललाई
बाचस्पति रेग्मी।
रीडिड्ग,लन्डन । पोखरेली मञ्च यूकेद्वारा आयोजित पीपल:नेपालकप टी२० क्रिकेटको उपाधि क्विन्स गोर्खा सिग्नल क्रिकेट क्लबले हात पारेको छ। यो दुई दिने चौथो नेपालकप टी-२० हो। गत २१ जुलाईका दिन रेडिङस्थित रेडिङ्ग क्रिकेट एण्ड हक्की क्लव सोनीड्गलेनमा भएको फाइनल खेलमा क्युजी सिग्नलले उपाधि जितेको हो । क्विन्स गोर्खा सिग्नल रमाइलो क्रिकेट क्लबलाई हराउँदै फाइनल पुगेको थियो ।
फार्नबोरो नर्थक्याम्पस्थित पीपल मोर्गेजेज् एण्ड स्टेट एजेन्टस्को मुख्य प्रायोजनमा आयोजित सो खेलमा ८ वटा टिमले भाग लिएका थिए । उनीहरुमध्ये खुकुरी क्रिकेट टिम बिरुद्ध रमाइलो क्रिकेट क्लब र क्विन्स गोर्खा सिग्नल क्रिकेट क्लब बिरुद्ध मिडल्यान्ड क्रिकेट क्लब सेमी फाइनलमा पुग्न सफल थिए । विजेता क्लबले रनिङ्ग शिल्ड तथा नगद पुरस्कार प्राप्त गरेका थिए । विजेता तथा उपविजेता टिम, स्टार अफ दिन टुर्नामेन्ट, वेष्ट बलर, वेष्ट व्याटमेन लगायतलाई एनआरएनए यूकेका अध्यक्ष योगकुमार फगामी, मञ्चका अध्यक्ष मानप्रसाद गुरुङ, मुख्य प्रायोजक पीपल मोर्गेजका डाईरेक्टर सूर्य गुरुङ, उपाध्यक्ष बाचस्पति रेग्मी लगायत प्रायोजकहरुले ट्रफी, मेडल र पुरस्कार वितरण गरेका थिए ।

गत आइतबार १४ जुलाईका दिन पोखरेली मंचका संस्थापक अध्यक्ष क्याप्टेन सीवी पुन,एनआरएन युके उपाध्यक्ष पुनम गुरुड्ग र पोपरेली मंचका अध्यक्ष मान प्रसाद गुरुड्गले संयुक्त रुपमा प्रतियोगिता उद्घाटन गरेका थिए । टुर्नामेन्टमा राफल ड्र समेत खेलाइएको थियो । राफल ड्र विजेता कृष्ण गुरुङलाई एक तोला सुन उपहार प्रदान गरिएको थियो । उपहार एनआरएन युकेकी उपाध्यक्ष पुनम गुरुड्गले प्रायोजन गर्नुभयको थियो। टिम दर्ता शुल्क १५० पाउन्ड उठाइएको टुर्नामेन्टमा साधारण तर्फ प्रवेश निःशुल्क गरिएको र भिआईपीतर्फ भने खानासहित २५ पाउन्ड सहयोग टिकट बनाइएको थियो।
स्मरण होस्, मञ्चका संस्थापक अध्यक्ष क्या. चन्द्रबहादुर पुन तथा उनको बहिनी सरिता पुनले आफ्नो ममतामयी आमा भद्रशिला पुनको सम्झनामा क्रिकेट खेलका विजेता टिमलाई रनिङ्ग कपको प्रायोजन गरेको हो। मञ्चका महासचीव मोहन थापाले संचालन गरेको पुरष्कार बितरण कार्यक्रममा एआरएन युकेका अध्यक्ष योग कुमार प्रमुख फगामी अतिथी रहनु भयको थियो । अध्यक्ष मानप्रसाद गुरुङको अध्यक्षतामा सम्पन्न प्रतियोगितामा खेल संयोजक एवं उपाध्यक्ष करम गुरुङ रहेको र उपाध्यक्षहरु बाचस्पति रेग्मी, अम्विका खड्का उपस्थित रहनु भयको थियो।
Notice Board
Our upcoming events
९ औ पिपल नेपाल कप टि-२० क्रिकेट प्रतियोगीता यहि २०२६ जुलाई ५,८ र १२ मा हुने भएको छ।
प्रतियोगीता स्थान: Reading Cricket and Hockeyclub Sonning Lane, RG4 6ST
आयोजक: Pokhareli Man...