वेल्समा भ्रमण वर्ष प्रवर्धन गर्न तीन दिने ‘हाइक फर नेपाल’

लन्डन । नेपाल सरकारले घोषणा गरेको नेपाल भ्रमण वर्ष २०२० प्रवर्धन गर्न पोखरेली मञ्च यूके र ‘वी वील राइज’ फाउन्डेशनको संयुक्त तत्वावधानमा ‘हाइक फर नेपाल’ गरिने भएको छ । विगत वर्षहरुमा झैं यो वर्ष पनि ब्रेकन, वेल्समा अगष्ट २ देखि ४ तारिखसम्म ‘हाइक फर नेपाल’ गरिने भएको हो । गत वर्ष १५० जतिको सहभागिता रहेको ‘हाइक फर नेपाल’ मा यो वर्ष ३ सय हाराहारी सहभागिताको अपेक्षा ‘हाइक फर नेपाल’ का मुख्य संयोजक मेजर खुशीमान गुरुङ एमभिओको छ ।
हाइक फर नेपाल क्याम्पिङ र हाइकिङ आयोजना गर्नुको मुख्य उद्देश्य स्थानीय पर्यटकलाई नेपालबारे थप परिचित गराउनु रहेको छ । साथै बेलायतभर छरिएर रहेका नेपालीहरुलाई एकै शुत्रमा बांधी एक नेपालीले कम्तीमा चार पांच पर्यटक नेपाल भित्रयाउन सक्ने वातावरणको सृजना गर्नु पनि लक्ष्य छ ।
‘नेपाल भ्रमण वर्ष २०२०’ मा २० लाख हाराहारी विदेशी पर्यटक नेपाल भित्रयाउने नेपाल सरकारको लक्ष्यलाई साकार तुल्याउन वेल्समा हुन लागेको ‘हाइक फर नेपाल’ ले थप टेवा पुराउने मेजर गुरुङले बताए । गत फेब्रुअरीमा मेजर गुरुङको पहलमा ब्रेकन र धम्पुस गाउंबीच मितेरी साइनो पनि गांसिएको छ, जसले भिजिट नेपाल प्रवर्धन गर्न थप टेवा मिल्ने विश्वास छ ।
साधारणतया क्याम्पिङ जांदा आफैंले खानपानको ब्यवस्था समेत गर्नुपर्ने हुनाले धेरै कुराको बन्दोबस्त मिलाएर जानुपर्ने हुन्छ । तर, हाइक फर नेपाल क्याम्पिङ्गमा सो झण्झटबाट मुक्त रहि केवल आफ्नो आवश्यकीय लत्ता कपडा, टेन्ट र चिया नास्ताको सामान बाहेक डिनर, मनोरञ्जनको कुनै चिन्ता लिन नपर्ने आयोजकले बताएका छन् ।
Notice Board
यस बर्षको HIKE FOR NEPAL विभिन्न कारणहरुले एस पटक हुन नसक्ने भएको हुदा हाम्रो कार्यक्रमसंग जोडिएर हामीलाई सहयोग गर्नु हुने सम्पूर्ण महानुभावहरुमा धन्यवाद सहित HIKE FOR NEPAL नहुने जानकारी गर्...