पोखरेलीमंच युकेको "पिपल- नेपालकप” टी-२० क्रिकेट खेल भब्य !
रीडिङ, लण्डन। पोखरेली मंच युकेद्वारा आयोजना हुदै आयको नेपाल टी-20 कप क्रिकेट खेलको कार्यक्रम आज १४ जुलाईको खेल आज भयको छ। १४ जुलाई र २१ जुलाई आइतवारका दिन हुने खेल बेलायतबासी नेपालीहरुको "खेलकुद शहर Reading" मा भयको छ। पिपल - नेपाल कप T20 क्रिकेट खेलमा नेपाली क्रिकेट खेलाडी युवाहरुको सहाभागितामा भब्य खेलको प्रतियोगीता भयको थियो।
पोखरेली मंचका संरक्षक क्याप्टेन सीवी पुन,पोखरेली मंचका अध्यक्ष मान प्रसाद गुरुड्ग, एनआरएन युकेकी उपाध्यक्ष पुनम गुरुड्ग, तमुधी युकेका पुर्व अध्यक्ष ज्ञाम गुरुड्ग र समाजसेवी सुधा गुरुड्गले संयुक्त रुपमा बलीड्ग र ब्याटीड्ग गरेर उद्घाटन गरीएको सो कार्यक्रमको खेल प्रतिस्पर्धामा ८ टिमले भाग लियका छन्।आज भयको टीमहरूको प्रतिस्पर्दामा नयाँ युवा बिरुध्द खुकुरी क्रिकेट क्लवमा खुकुरी क्लव बिजयी, रमाइलो क्रिकेट क्लव र विनचेस्टर बिचको प्रतिस्पर्दामा रमाइलो क्लव बिजयी , हिमालयन क्लव र क्युजी सीग्नल क्लवको प्रतिस्पर्दामा क्युजी सीग्नल क्लव बिजयी , आकृति क्लव र मिडल्यान्ड क्लवको प्रतिस्पर्दामा मीडलैण्ड क्लव बिजयी भयको कुरा आयोजक पोखरेली मंच युकेका अध्यछ्य मान प्रसाद गुरूङले शीतलपाटीन्युज डटकमलाई जानकारी दिनु भयको छ। बिजयी टीमहरु बिच सेमीफानल र फाइनल खेल २१ जुलाई हुने समाचार प्राप्त भयको छ।
भर्खरै विश्वकप बेलायतले जीतेको बेला विश्वकप बिश्वभर अत्यन्त उत्साहापुर्वक हेरीएको बेला पिपल-नेपालकप T-20 क्रिकेट खेल नेपाल सरकार द्वारा घोषित नेपाल भ्रमण वर्ष २०२०"Visit Nepal 2020” लाई पनि प्रचारप्रसारमा समाबेश गरि भब्य रूपमा मनाउन गइरहेको हुँदा खेल प्रेमी नेपाली दाज्यु भाई तथा दिदि बहिनीहरुलाई २१ जुलाईमा उपस्थितिको लागि हार्दिक अनुरोध गरियको छ। पोखरेली मंचका महासचीव मोहन थापाले संचालन गरेको उक्त कार्यक्म अध्यक्ष मान प्रसाद गुरुड्गको अध्यक्षतामा भयको र पाहुनाहरुको स्वागत उपाध्यक्ष बाचस्पति रेग्मीले गर्नु भयको थियो। एनआरएन युकेकी उपाध्यक्ष पुन गुरुड्गले धन्यबाद राख्नु भयको सो खेल कार्यक्रममा संयोजक मंचका उपाध्यक्ष करम गुरुड्गको संयोजकत्वमा भयको थियो।
मेजर खुसीमान गुरूङ एमभीओ, लमजुड्ग समाजका अध्यक्ष बिश्वजंग गुरुड्ग, चारभन्ज्याड्ग तमु समाजका अध्यक्ष मेजर कृष्ण गुरुड्ग, तमु समाज बेलायतका अध्यक्ष शीवचन्द्र गुरुड्ग, तमुधी युके पुर्व अध्यक्ष ज्ञाम गुरुड्ग, कमल गरुड्ग, तमुधी युके संस्थापक अध्यक्ष मीन बहादुर गुरुड्ग सीकलिसे, रामबजार सोसाइटी युकेका अध्यक्ष एवम तमुधी युकेका उपाध्यछ्य जुमकाजी गुरुड्ग, सल्लाहाकार महेस गुरूङ, क्पाटेन राजु गुरुड्ग,समाजसेवी लाल गुरुड्ग, तारा गुरूङ, नरकाजी गुरूङ,मंजु गुरूङ, सुधा गुरुड्ग, प्रेमा गुरुड्ग , रीता क्षत्री, सचीव पवित्र गुरुडका साथै सयौ दर्शकहरु उपस्थीत रहेको सो भब्य कार्यक्रम मनोरन्जनपुर्ण रह्यो ।
२१ जुलाइमा क्रिकेटको फाइनल खेल, मनोरन्जनका लागी चीठ्ठा र सास्कृतिक मनोरन्जन कार्यक्रम समेत हुने जनाएको छ। साथै पिपल-नेपालकप टी-२० क्रिकेट खेलमा पीपल मोरगेट स्टेट एजेन्टको स्टल राखी प्रचार प्रसार समेत भयको थियो।
Notice Board
Our upcoming events
९ औ पिपल नेपाल कप टि-२० क्रिकेट प्रतियोगीता यहि २०२६ जुलाई ५,८ र १२ मा हुने भएको छ।
प्रतियोगीता स्थान: Reading Cricket and Hockeyclub Sonning Lane, RG4 6ST
आयोजक: Pokhareli Man...