पोखरेली मंचको आयोजनामा “नेपालकप टी२० युके ” क्रिकेट प्रतियोगिता हुदै
नेपाल रास्ट्रलाई अन्तर्राष्ट्रिय समुदायमा चिनाउन नेपाली क्रिकेट टिमको अन्तराष्ट्रीय ऐतिहासिक सफलताहरु संग संगै देश विदेश भरि नेपालीहरु माझ दिन प्रतिदिन क्रिकेट खेलको लोकप्रियता बढ्दै गएको वर्तमान सन्दर्भमा सबैको लागी खुसीको कुरा भैरहेको छ। बेलायतमा पनि नेपाली समुदाय माझ क्रिकेट खेल व्यवस्थित गर्दै लैजाने उदेश्यका साथ पोखरेली मंच युकेको आयोजनामा १५ र २२ जुलाई २०१८ मा ”नेपालकप टी२० युके ” क्रिकेट प्रतियोगिता हुन गैरहेको छ।
सो सम्बन्धि खुशीको खबर खेलाडी भाई बहिनी तथा खेल प्रेमीहरु माझ सन्देश प्रवाह गर्न पाउदा पोखरेली मंच युकेलाई हर्ष तथा गौरव महसुस भएको सन्देश व्यक्त गर्दछौं भन्दै अध्यक्ष मान गुरुड्गले पोखरेली मंच युकेको फेसबुकवालमा समाचार राख्नु भयको छ।
Notice Board
Our upcoming events
क्याम्प नेपाल २०२६ पोखरेली मञ्च यूकेद्वारा आयोजित ३ दिने पारिवारिक तथा सांस्कृतिक शिविर हो, जुन २४–२६ जुलाई २०२६ मा Manor Farm, Bristol मा स...