बेलायतमा आठौं पीपल नेपालकप क्रिकेट सम्पन्न, माया फेरि च्याम्पियन

लन्डन- पोखरेली मञ्च यूकेको आयोजनामा बेलायतमा सम्पन्न आठौं पिपल नेपालकप टी ट्वान्टी क्रिकेटको उपाधि माया क्रिकेट क्लबले जितेको छ ।
आइतबार रेडिङको सोनिङ लेनस्थित रेडिङ क्रिकेट एण्ड हक्की क्लब ग्राउन्डमा सम्पन्न प्रतियोगिताको फाइनलमा हिमालयन क्रिकेट क्लबलाई ७ विकेटले हराउँदै माया च्याम्पियन बनेको हो ।
गत वर्ष सम्पन्न सातौं नेपालकप क्रिकेटको फाइनलमा पनि हिमालयन क्लबलाई हराउँदै उपाधि जितेको माया क्रिकेट क्लबले यस वर्ष फेरि सोही क्लबलाई फाइनलमा हराएर लगातार दोस्रोपटक उपाधि जितेको हो ।
त्यसअघि आइतबार सम्पन्न सेमीफाइनल राउन्डमा मिडल्यान्ड वारियरलाई हराउँदै माया र खुकुरी क्रिकेट क्लबलाई हराउँदै हिमालयनले फाइनल यात्रा तय गरेका थिए।
विजेता माया क्रिकेट क्लबले नेपालकप ट्रफी र मेडलसंगै नगद २ हजार पाउन्ड पुरस्कार प्राप्त गरेको छ । उपविजेता हिमालयन क्रिकेट क्लबले नगद १ हजार पाउन्डसहित पुरस्कार पाएको छ ।
आठौं नेपालकप क्रिकेट प्रतियोगितामा प्लेयर अफ द टुर्नामेन्ट र बेस्ट ब्याट्सम्यानको दुवै पुरस्कार हिमालयन क्लबका प्रफुल वाग्हेलाले पाए । उनले दुई पुरस्कारका लागि क्रमशः तीन सय पाउन्ड र दुई सय ५० पाउन्ड नगद र ट्रफी प्राप्त गरे ।
त्यस्तै बेस्ट बलरका रुपमा माया क्रिकेट क्लबका दिनेश खरेल नगद २ सय ५० पाउन्डसहित ट्रफीबाट पुरस्कृत भएका छन् ।
आयोजक पोखरेली मञ्च यूकेका अध्यक्ष करम गुरुङ, संस्थापक अध्यक्ष क्या सिबी पुन, डब्लुथ्री टेक्नोलोजीका प्रबन्ध निर्देशक महेन्द्रविक्रम कुंवरलगायतले विजयी टीम तथा खेलाडीलाई पुरस्कार वितरण गरेका थिए ।
गत आइतबार उद्घाटन भएको आठौं नेपालकप क्रिकेटमा बेलायतभरबाट जम्मा १२ टीम सहभागी थिए । खेल सञ्चालन गर्न आइसीसीबाट मान्यताप्राप्त रेफ्रीहरु ल्याइएको थियो।
यस वर्षको नेपाल प्रतियोगितामा विभिन्न टीमको प्रतिनिधित्व गर्दै नेपालका राष्ट्रिय खेलाडी अर्जुन साउद, जयशंकर शाह, एनपिएलमा पोखरा एभेञ्जर्सका खेलाडी दिनेश खरेल, बेलायतको नटिङहम काउन्टी क्लबका दीपेश सापकोटासहितका खेलाडीसमेतले खेलेका थिए ।
प्रतियोगितामा इभेन्ट स्पोन्सर पिपलका सूर्य गुरुङ तथा पहिलो पुरस्कार माया ग्रुपका राज पाण्डे, प्लेयर अफ द टुर्नामेन्ट एभरेष्ट तन्दुरी रेडिङका दावा लामा, वेष्ट बलर अफ द सिरिजका जे जे डिजाइन एण्ड बिल्ड्सका ज्याक गुरुङ र वेष्ट ब्याट्सम्यान अफ द सिरिज डब्लु थ्री वेव टेक्नोलोजीका महेन्द्र कुंवरले प्रायोजन गरेका थिए ।
बेलायतस्थित नेपाली क्रिकेटरहरुलाई प्रोत्साहन गर्न पोखरेली मञ्च यूकेले वर्षेनी नेपालकप आयोजना गर्दै आएको मञ्चका अध्यक्ष करम गुरुङले बताए ।
प्रतियोगिता सफल पार्न सहभागी सबै टीम तथा खेलाडी, प्रायोजक, सहयोगी र उपस्थित सम्पूर्ण दर्शकलाई आयोजकका तर्फबाट अध्यक्ष गुरुङले धन्वाद ज्ञापन गरे । प्रतियोगिता संयोजन प्रकाश गुरुङले गरेका थिए ।
प्रतियोगिताको समापनका अवसरमा नेपालबाट आएका गायिकाद्वय प्रिया गुरुङ, पवित्रा गुरुङ र नृत्याङ्गना आरुषी मगरलगायत राष्ट्रिय कलाकारले मनोरञ्जनात्मक प्रस्तुति गरेका थिए ।
Notice Board
यस बर्षको HIKE FOR NEPAL विभिन्न कारणहरुले एस पटक हुन नसक्ने भएको हुदा हाम्रो कार्यक्रमसंग जोडिएर हामीलाई सहयोग गर्नु हुने सम्पूर्ण महानुभावहरुमा धन्यवाद सहित HIKE FOR NEPAL नहुने जानकारी गर्...