माया क्रिकेट क्लबले जित्यो बेलायतमा सम्पन्न सातौं नेपालकप उपाधि
लन्डन-पोखरेली मञ्च यूकेको आयोजनमा बेलायतमा सम्पन्न पीपल नेपालकप क्रिकेट प्रतियोगिताको सातौं संस्करणको उपाधि माया क्रिकेट क्लबले जितेको छ ।
रेडिङको सोनिङ लेनस्थित रेडिङ क्रिकेट क्लब एण्ड हक्की क्लबको मैदानमा सोमबार सम्पन्न फाइनलमा हिमालयन क्रिकेट क्लबलाई हराउँदै माया च्याम्पियन बनेको हो ।
उपाधि जित्ने क्रममा मायाले हिमालयनमाथि ६ विकेट को जीत हासिल गर्यो ।
विजेता माया क्रिकेट क्लबले सातौं नेपालकप क्रिकेटको उपाधिसंगै १५ सय पाउण्ड नगद र ट्रफी प्राप्त गरेको छ । उपविजेता हिमालयन क्लबले ८ सय पाउण्ड नगद पुरस्कार पाएको छ ।
त्यस्तै, प्रतियोगिताको म्यान अफ द सिरिजका रुपमा दिनेश खरेलले २ सय पाउण्ड नगद र ट्रफी पाए । सर्वाधिक रन बनाउने एशरे मल्ल र सर्वाधिक विकेट हासिल गर्ने मनी गुरुङले पनि १ सय ५० पाउण्ड नगद र ट्रफीसहित पुरस्कृत भएका छन् ।
विजेता टीम तथा खेलाडीलाई आयोजक पोखरेली मञ्च यूकेका अध्यक्ष करम गुरुङ, टाइटल स्पोन्सर पीपल मोर्गेजका निर्देशक सूर्य गुरुङ लगायतले पुरस्कार वितरण गरेका थिए ।
बेलायतस्थित नेपाली क्रिकेटरका जम्मा ९ टोली सहभागी प्रतियोगिताका सुरुआती खेल गत जुन अन्तिम तथा जुलाई पहिलो साता सम्पन्न भएका थिए । जुलाई ७ लाई पूर्वनिर्धारित फाइनल खेल वर्षाका कारण अवरुद्ध भएपछि अहिले खेलाइएको हो ।
नेपालकप क्रिकेटका खेलहरु आइसीसीबाट मान्यताप्राप्त रेफ्रीहरुबाट सञ्चालन गराइएको हो।
सातौं पीपल नेपालकप क्रिकेटमा इभेन्ट संयोजक आयोजक मञ्चका उपाध्यक्ष पवित्र गुरुङ तथा क्रिकेट संयोजक मञ्चका स्पोर्टस कोअर्डिनेटर प्रकाश गुरुङ थिए । प्रतियोगिताको टाइटल स्पोन्सर पीपल मोर्गेजेज हो ।
आयोजक पोखरेली मञ्च यूकेका अध्यक्ष करम गुरुङले नेपालकप क्रिकेटको सातौं संस्करण सफल पार्न योगदान गर्ने सबै खेलाडी, टीम, प्रायोजक, सहयोगी, दर्शक एवम् संस्थाका सबै पदाधिकारी तथा सदस्यलाई धन्यवाद ज्ञापन गरेका छन् ।
Sourse: Nepali LINK
Notice Board
Our upcoming events
९ औ पिपल नेपाल कप टि-२० क्रिकेट प्रतियोगीता यहि २०२६ जुलाई ५,८ र १२ मा हुने भएको छ।
प्रतियोगीता स्थान: Reading Cricket and Hockeyclub Sonning Lane, RG4 6ST
आयोजक: Pokhareli Man...