• Charity Registered No.1178435
  • Email: info@pokharelimanchuk.com
  • Phone: 0044 7515 959 126

सातौं नेपालकप क्रिकेट शुरु, जुलाई ३ मा तीन खेल तथा ७ मा फाइनल र समापन

लन्डन- बेलायतको नेपाली समुदायमा वर्षेनी आयोजना हुंदै आएको पीपल नेपालकप क्रिकेट प्रतियोगिताको सातौं संस्करण आइतबार शुरु भएको छ ।

पोखरेली मञ्च यूकेको आयोजनामा रेडिङको सोनिङ लेनस्थित रेडिङ क्रिकेट क्लब एण्ड हक्की क्लबको मैदानमा प्रतियोगिता शुरु भएको हो ।

बेलायतस्थित नेपाली क्रिकेटरका जम्मा ९ टोली सहभागी प्रतियोगिताका सुरुआती नौं खेल आइतबार सञ्चालन भए । क्वालिफाइङ चरणका बाँकी ३ खेल यही जुलाई ३ तारिख तथा सेमीफाइनल र फाइनल जुलाई ७ तारिखमा खेलाइनेछन् ।

पहिलो दिनको खेलबाट हिमालयन क्रिकेट क्लब सेमीफाइनल प्रवेश गरेको छ । क्यूजी सिग्नल र गोर्खा टाइगर लेष्टर भने प्रतियोगिताबाट बाहिरिएका छन् ।

एनआरएनए यूके अध्यक्ष प्रेम गाहामगरले खेलाडीलाई बल हस्तान्तरण गर्दै प्रतियोगिता उद्घाटन गरेका थिए ।

यसैबीच, प्रतियोगिताको समापन जुलाई ७ तारिखमा विशेष समारोहसहित हुंदैछ । जुन समारोहमा स्थानीय रेडिङ बरोका डेपुटी मेयर, ग्रीनवीच बरोका मेयर जीत रानाभाट, लन्डन दूतावासकी उपनियोग प्रमुख रोशन खनाल, एनआरएनए यूके अध्यक्ष हित काजी गुरुङ सहितका विशिष्ट अतिथिहरुको सहभागिता रहनेछ ।

सो अवसरमा नेपालबाट आएका कलाकारहरु भूमिका गिरी, सुशिला गौतम, शिवदास गुरुङलगायतले मनोरञ्जनात्मक प्रस्तुति गर्नेछन् ।

नेपालकप क्रिकेटका खेलहरु आइसीसीबाट मान्यताप्राप्त रेफ्रीहरुबाट सञ्चालन गराइएका छन्।

सातौं पीपल नेपालकप क्रिकेटको इभेन्ट संयोजक आयोजक मञ्चका उपाध्यक्ष पवित्र गुरुङ छन् भने क्रिकेट संयोजक मञ्चका स्पोर्टस कोअर्डिनेटर प्रकाश गुरुङ हुन् । प्रतियोगिताको टाइटल स्पोन्सर पीपल मोर्गेजेज छ ।

आयोजक पोखरेली मञ्च यूकेका अध्यक्ष करम गुरुङले बेलायतवासी सबै नेपालीललाई प्रतियोगितामा आमन्त्रण गर्दै उपस्थित भएर खेलाडीलाई हौसला दिन आव्हान गरेका छन् ।

Sourse:Nepali Link