बेलायतको नेपाली डायष्पोरामा पहिलोपटक तीन दिनसम्म टी ट्वान्टी क्रिकेट प्रतियोगिता
नेपाली लिङ् कजुन २८, २०२४ लन्डन– पोखरेली मञ्च यूकेले सातौं पिपल नेपाल कप टी ट्वान्टी क्रिकेट प्रतियोगिताको तयारी व्यापक गरिएको जनाएको छ ।
यही जुन ३०, जुलाई ३ र ७ तारिख गरी तीन दिनसम्म प्रतियोगिता हुन लागेको सम्भवतः नेपाली डायष्पोरामा पहिलो हो । प्रतियोगिताको टाइटल स्पोन्सर पीपल मोर्गेजेज छ ।
खर्चिलो खेल आयोजना गर्नुको मुख्य उद्देश्य बेलायतमा रहेका नेपाली क्रिकेटरहरुलाई प्रोत्साहन गर्नु रहेको पोखरेली मञ्च यूकेका अध्यक्ष करम गुरुङले बताए ।
सोनिङ लेन रेडिङस्थित रेडिङ क्रिकेट क्लब मैदानमा हुने पिपल नेपाल कपको सातौं संस्करणमा रेडिङ, अल्डरसट, लन्डन, केन्ट र मिडल्याण्डबाट ९ टिमले प्रतिष्पर्धा गर्दैछन् ।
हिमालयन क्रिकेट क्लब, क्वीन गोर्खा सिग्नल क्रिकेट क्लब, नेप्लिज वारियर क्रिकेट क्लब, माया क्रिकेट क्लब, रमाइलो क्रिकेट क्लब, नव युवा क्रिकेट क्लब, गोर्खा क्रिकेट क्लब केन्ट, गोर्खा टाइगर्स स्पोर्टस् क्लब र खुकुरी क्रिकेट क्लब प्रतिष्पर्धी छन् ।
प्रतियोगिताका विजेता टिमलाई १५ सय पाउण्ड नगद र ट्रफीसहित पुरस्कार दिइनेछ भने दोस्रो हुने टिमले ८ सय पाउण्ड नगद पुरस्कार प्राप्त गर्नेछ ।
यसका साथै वीनर हुनेले क्या. चन्द्रबहादुर पुन र सरिता पुनले स्पोन्सर गरेको रनिङ शिल्ड समेत प्राप्त गर्नेछ ।
त्यस्तै, प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीलाई म्यान अफ द सिरिजका रुपमा २ सय पाउण्ड नगद र ट्रफी प्रदान गरिनेछ । सर्वाधिक रन तथा सर्वाधिक वीकेट हासिल गर्ने दुवै खेलाडीलाई पनि १ सय ५० पाउण्ड नगद र ट्रफीसहित पुरस्कृत गरिनेछ ।
क्रिकेट खेल सञ्चालन गर्न आइसीसीबाट मान्यताप्राप्त रेफ्रीहरु ल्याइने इभेन्ट संयोजक तथा मञ्चका उपाध्यक्ष पवित्र गुरुङले बताए । क्रिकेट खेल संयोजक मञ्चका स्पोर्टस् कोअर्डिनेटर प्रकाश गुरुङले हरेक खेल पूरै २० ओभरमा खेलाइने र टीममा खेलाडी संख्या पनि ११ नै रहने जनाए ।
खेल समापनका दिन ७ जुलाईमा राष्ट्रिय कलाकारहरु भूमिका गिरी, शिवदास गुरुङ र जेनिहा लिम्बुले लाइभ परफर्मेन्स दिने भएका छन् ।
मञ्च अध्यक्ष करम गुरुङले इभेन्टमा सहभागी भएर खेलाडीलाई हौसला प्रदान गर्न सबैमा अपिल गरेका छन् ।
सन् २००८ मा स्थापित बेलायतको च्यारिटी संस्था मञ्चले सन् २०१६ देखि क्रिकेट प्रतियोगिता शुरु गरेको थियो । पहिलो खेल पोखरा कप नामाकरण गरि खेलाइएको थियो भने जम्मा ४ वटा टिममात्र सहभागी थिए । कोभिड महामारीका कारण केही वर्ष रोकिएपछि अहिले सातौं संस्करण हुन लागेको हो ।
मञ्चले यस इभेन्टपछि आउंदो जुलाई २६, २७ र २८ मा वेल्समा ‘हाइक फर नेपाल’ पनि गर्दैछ ।
Notice Board
Our upcoming events
९ औ पिपल नेपाल कप टि-२० क्रिकेट प्रतियोगीता यहि २०२६ जुलाई ५,८ र १२ मा हुने भएको छ।
प्रतियोगीता स्थान: Reading Cricket and Hockeyclub Sonning Lane, RG4 6ST
आयोजक: Pokhareli Man...