छैटौं पिपल नेपाल कप टि–२० क्रिकेट प्रतियोगिता’को तयारी सुरू.
शीतलपाटीन्युज डटकम।
लण्डन। बेलायतमा पीपल मरगेज मुख्य स्पोन्सर रहेको "छैटौं पिपल नेपाल कप टि–२० क्रिकेट प्रतियोगिता"को तयारी सुरू भएको छ।
बेलायतमा छरिएर रहेका पोखरेलीहरुको साझा संस्था पोखरेली मञ्च यूकेद्वारा आयोजित उक्त प्रतियोगिताको तयारी सुरू भएको कुरा संस्थाका अध्यछ्य करम गुरुङले बताउनु भयको छ। शीतलपाटीन्युजका प्रधान सम्पादक बाचस्पति रेग्मीसंग कुरा गर्दै नेपाली यूवाहरूलाई खेलकुद प्रति आकर्षण जगाउन विगत ६ वर्ष देखि निरन्तर हुँदै आएको उक्त टि-२० प्रतियोगिताको तयारी सुरू गरिएको मञ्चका अध्यक्ष गुरुङले बताउनु भएको हो ।
आगामी २५ जुन २०२३ र २ जुलाई २०२३ मा युके रेडिङस्थित रेडिङ क्रिकेट क्लब एण्ड हक्कि क्लब, सोनिङ लेन RG4 6ST मा आयोजना हुने छ। प्रतियोगितामा ६ टिमको सहभागिता हुने र हिमालयन क्रिकेट क्लब,नयाँ यूवा क्रिकेट क्लब,क्विन्स गोर्खा सिग्न्लस क्रिकेट क्लब,नेप्लिज ओरियर क्रिकेट क्लब, खुकुरी क्रिकेट क्लब र रमाइलो क्रिकेट क्लबको सहभागिता हुने भएको छ।
प्रतियोगितामा उपाधि बिजेता टिमले नगद १५ सय पाउण्डका साथमा रनिङ शिल्ड प्राप्त गर्ने छ भने उपविजेता टिमले नगद ७ सय पाउण्ड प्राप्त गर्ने अध्यक्ष गुरुङले शीतलपाटीन्युजलाई जानकारी दिनु भयको छ । टुर्नामेन्टमा बेष्ट प्लेयरले नगद १ सय ५० पाउण्डका साथमा ट्रफी र वेष्ट बलर तथा वेष्ट ब्याट्स्म्यानले जनही नगद १ सय २० पाउण्डका साथमा ट्रफी दिने ब्यबस्था मिलाईएको छ। हरेक खेलमा म्यान अफ दि म्याच ट्रफी पनि प्रदान गरिने भयको छ ।
पिपल नेपाल मोर्गेजका सूर्य गुरुङको मुख्य प्रायोजन तथा ग्रेटर रेडिङ नेप्लिज क्म्युनिटी एसोसियसनको सहयोगमा हुने उक्त प्रतियोगिताको संयोजकमा मञ्चका उपाध्यक्ष पवित्र गुरुङ रहेका छन् भने टिम संयोजकमा विनय पुन,प्रकाश गुरुङ र भिम महेन्द्र गुरुङ रहेका छन्। मञ्चले मिडिया संयोजकमा शीतलपाटीन्युजका बाचस्पती रेग्मी र मनी सुवेदीलाई तोकेको छ।
उक्त प्रतियोगिताको उद्घाटन बेलायतका लागि नेपाली महामहिम राजदुत ज्ञानचन्द्र आचार्य र रेडिङ बोरो काउन्सिलका मेयर टोनी पेजले गर्ने कार्यक्रम तय भएको अध्यक्ष गुरुङले जानकारी दिनु भयको छ। सो कार्यक्रममा गैर आवाशिय नेपाली संघ युकेका अध्यक्ष प्रेम गाहा मगर,सुनिल बाबु खड्का, काउन्सिलर अमजद तरार,काउन्सिलर धन बहादुर नेपाली लगायत युकेमा रहेका नेपाली समाजका विशिष्ट व्यक्तित्वहरुको समेत उपस्थितीको लागि मंचले निमन्त्रणा गरेको कुरा अध्यक्ष गुरुङले जानकारी दिनु भयको छ।
पीपल मरगेजको इभेन्ट्स स्पोन्सर रहेको उक्त खेलमा ग्रेटर रेडिङ नेपाली समाजले सहयोग पुर्याउने र नेपाली राजदुताबास लण्डन,नेपाल पर्यटन बोर्ड युके,एनआरएन युके,सहारा युके,राम बजार सोसा ईटी युके,बगर भाईखलक युकेको समन्वयमा पोखरेली मंचले आयोजना गर्दैछ।
नेपाली खाना,बिबिक्यु र राफल ड्र समेत हुने सो समारोहमा नेपालबाट पोखरास्पोर्टस न्युज,गोर्खा मिडीया,शीतलपाटीन्युज,लण्डन नेपालन्युज, वीनेपालीन्युजले मिडीया पार्टनर भै प्रचार गरिने जनाईएको छ।
साथै पोखरेली मञ्च युकेले हरेक वर्ष आयोजना गर्दै आएको "हाइक फर नेपाल इन वयल्स" कार्यक्रमको तयारी समेत हुदै रहेको जानकारी पनि अध्यक्ष गुरुङले गरा उनु भयको छ। स्मरणिय के छ भने पोखरेली मंच युके नेपाली अग्रज खेलाडीहरुको छाता संस्था नेपाल भूतपूर्व खेलाडी मञ्चले आयोजना गर्दै आएको पोखरा अन्तर्राष्ट्रिय म्याराथनको अन्तर्राष्ट्रिय पार्टनर संस्थाको भूमिकामा पनि कार्यक्रम गर्दै आईरहेको छ।
Source-Sitalpati News
Notice Board
Our upcoming events
९ औ पिपल नेपाल कप टि-२० क्रिकेट प्रतियोगीता यहि २०२६ जुलाई ५,८ र १२ मा हुने भएको छ।
प्रतियोगीता स्थान: Reading Cricket and Hockeyclub Sonning Lane, RG4 6ST
आयोजक: Pokhareli Man...