छैटौं पिपल नेपाल कप टि–२० क्रिकेट प्रतियोगिता’को तयारी सुरू
पोखरा स्पोर्टस ।
युकेमा ‘छैटौं पिपल नेपाल कप टि–२० क्रिकेट प्रतियोगिता’को तयारी सुरू भएको छ ।
बेलायतमा छरिएर रहेका पोखरेलीहरुको साझा संस्था पोखरेली मञ्च यूकेद्वारा आयोजित उक्त प्रतियोगिताको तयारी सुरू भएको हो । नेपाली यूवाहरूलाई खेलकुद प्रति आकर्षण जगाउन विगत ६ वर्ष देखि निन्तर हुँदै आएको उक्त प्रतियोगिताको तयारी सुरू गरिएको मञ्चका अध्यक्ष करम गुरुङले जनाएका छन् ।
आगामी जुन २५ तारिख बाट २ जुलाई २०२३ सम्म युके स्थित रेडिङ क्रिकेट क्लब एण्ड हक्कि क्लब, सोनिङ लेन र आरजिफोर विएसटीमा आयोजना हुने प्रतियोगितामा ६ टिमको सहभागिता हुने टुङ्गो लागेको छ ।
प्रतियोगितामा हिमालयन क्रिकेट क्लब, नयाँ यूवा क्रिकेट क्लब, क्विन्स गोर्खा सिग्न्लस क्रिकेट क्लब, नेप्लिज ओरियर क्रिकेट क्लब, खुकुरी क्रिकेट क्लब र रमाइलो क्रिकेट क्लबको सहभागिता हुने भएको छ ।
प्रतियोगितामा उपाधि बिजेता टिमले नगद १५ सय पाउण्डका साथमा रनिङ शिल्ड प्राप्त गर्ने छ भने उपविजेता टिमले नगद ७ सय पाउण्ड प्राप्त गर्ने अध्यक्ष गुरुङले पोखरा स्पोर्टसलाई जानकारी दिए । यस संगै प्लेयर अफ दि टुर्नामेन्टले नगल १ सय ५० पाउण्डका साथमा ट्रफी र वेष्ट बलर तथा वेष्ट ब्याट्स्म्यानले जनही नगद १ सय २० पाउण्डका साथमा ट्रफी प्राप्त गर्नेछन् । हरेक खेलमा म्यान अफ दि म्याच ट्रफी प्रदान गरिने छ ।
पिपल नेपाल मोर्गेजका सूर्य गुरुङको मुख्य प्रायोजन तथा ग्रेटर रेडिङ नेप्लिज क्म्युनिटी एसोसियसनको सहयोगमा हुने प्रतियोगिताको संयोजकमा मञ्चका उपाध्यक्ष पवित्र गुरुङ रहेका छन् टिम संयोजकमा विनय पुन, प्रकाश गुरुङ र भिम महेन्द्र गुरुङ छन् । मञ्चले मिडिया संयोजकमा बाचस्पती रेग्मी र मनी सुवेदीलाई तोकेको छ ।
उक्त प्रतियोगिताको उद्घाटन बेलायतका लागि नेपाली महामहिम राजदुत ज्ञानचन्द्र आचार्य र रेडिङ बोरो काउन्सिलका मेयर टोनी पेजले गर्ने कार्यक्रम तय भएको अध्यक्ष गुरुङले जानकारी दिए । सो कार्यक्रममा गैर आवाशिय नेपाली संघ युकेका अध्यक्ष प्रेम गाहा मगर, सनिल बाबु पण्डित, काउन्सिलर अमजद तरार, काउन्सिलर धन बहादुर नेपालीलगायत युकेमा रहेका नेपाली समाजका विशिष्ट व्यक्तित्वहरुको समेत उपस्थिती रहने अध्यक्ष गुरुङले जानकारी दिए ।
यसै गरी पोखरेली मञ्च युकेले हरेक वर्ष आयोजना गर्दै आएको ‘हाइक फर नेपाल’ कार्यक्रमको तयारी समेत सुरु गरिएको अध्यक्ष गुरुङले जनाएका छन् ।
स्मरणिय के छ भने नेपाली अग्रज खेलाडीहरुको छाता संस्था नेपाल भूतपूर्व खेलाडी मञ्चले आयोजना गर्दै आएको पोखरा अन्तर्राष्ट्रिय म्याराथनको अन्तर्राष्ट्रिय पार्टनर संस्थाको भूमिकामा पोखरेली मञ्च यूके रहेको छ ।
Source- Pokhara Sports
Notice Board
Our upcoming events
९ औ पिपल नेपाल कप टि-२० क्रिकेट प्रतियोगीता यहि २०२६ जुलाई ५,८ र १२ मा हुने भएको छ।
प्रतियोगीता स्थान: Reading Cricket and Hockeyclub Sonning Lane, RG4 6ST
आयोजक: Pokhareli Man...